• DoIB Registration No. 2369/077-78
Saturday, 04 Apr 2026

म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कप

  • OVN
  • August 19, 2023
म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कप

म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ। 

बुधबार भएको उपाधि भिडन्तमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

सिटी पेनाल्टी सुटआउटमा ५-४ गोलले विजयी भयो।

खेलमा युरोपा कप विजेता सेभियाले २५ मिनेटमा एल न्यास्रोको गोलबाट अग्रता लियो। 

च्याम्पियन्स लिग च्याम्पियन सिटीका लागि पाल्मरले ६३ मिनेटमा बराबरी गोल फर्काए। 

Comments